कविलास महादेव, नुवाकोट यात्रा २०७५ घत्खा दाफा भजन
काठमाडौंको टोखा, गुर्जु भन्ज्यांग हुदै छहरे खोला पुगेपछि केही समय विश्राम गराई पूनः त्यहाबाट कच्ची सडकको उकालोबाटो हुदै कविलास पिपल डाडाँसम्म बस पुग्छ र त्यहाबाट कविलासको डाँडाको टुप्पामा रहेको महादेव मन्दिर पुग्न सकिन्छ । महादेवको दर्शन गर्नु भन्दा पहिले भीरपाखामा रहेको गणेश, सरस्वती, नाट्येश्वरीलाई दर्शन गरेपछि कपिलेश्वर धाम अथवा कविलास महादेव मन्दिरको दर्शन पुजा आजा गरीन्छ । कठन अनुसारः यसै स्थानमा महादेवले सर्वप्रथम नृत्य सिकेको स्थानको रुपमा लिइन्छ । हाल २०७२ को महाभूकम्पमा परि मन्दिर क्षति भै मन्दिर पूर्ण बन्न सकेको छैन । यस महादेवको महीमाः कुनै पनि साधकले नृत्य (नर्तकी) अथवा संगीत सिक्नु परेमा नाट्येश्वरीको पुजा गरी नाच अथवा संगीत आरम्भ गरेमा आफ्नो कार्यसिद्धि हुन्छ पनि भनिदै आएको छ । त्यसैले यहाँ परम्परा अनुसार नृत्य संगित आरम्भ गर्नु भन्दा पूर्व यहाँ आई पुजा गर्ने चलन हालसम्म पनि चलिएको छ । यदी यहाँसम्म आउन सकिएन भने सहरको विभिन्न मन्दिर परिसरमा स्थापना गरिएको नाट्येस्वरीमन्दिरमा दर्शन गरी संगीत अथवा नृत्य आरम्भ गर्ने चलन पनि हाल सम्म चलि आएको छ ।